दमौली : आदिकवि भानुभक्त जन्मस्थल विकास समिति तनहुँको आयोजनामा १५६ औ मोतीराम भट्टको जन्मजयन्तीको अवसरमा तीज गीत प्रतियोगिताको आयोजना गरेको छ ।
भदौ ११ गते शनिबारका दिन युवा कवि भोतीराम भट्ट र कविकेशरी तीर्थराथ पाण्डेको जीवनीमा आधारित रहेर तीज गीतको लयमा प्रतियोगिता आयोजना गरेको हो ।
प्रथम हुनेलाई सात हजार,द्वितीय हुनेलाई पाँच हजार,तृतीय हुनेलाई तीन हजार, सान्तवना हुनेलाई एक हजार र उत्कुष्ट नृत्य एक जनालाई एक हजार पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ । समूहमा आउँदा नृत्य कलाकार सहित बढीमा सात जना सहभागि हुन पाइने,बाद्यवादनको व्यवस्था सहभागी आफैले गर्नुपर्ने जनाएको छ ।
तीज गीत प्रतियोगितामा कुनै व्यक्ति, धर्म, सम्प्रदाय, राजनैतिक दल, बिशेषलाई व्यक्तिगत आक्षेप लगाउन नपाइने किसिमको गीत हुनुपर्ने शंकर रानाभाटले जानकारी दिए ।
पोशाकमा एकरुपता तथा नेपाली मौलिक संस्कृति झल्काउने समूहलाई बिशेष प्राथामिकता दिइने सो समितिले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?