व्यासले भोलिदेखि १२ वर्षमुनिका बालबालिकाका फाइजर खोप लगाइने (सूची सहित)

व्यास नगरपालिका

दमौली : तनहुँको व्यास नगरपालिकाले १४ वडाका विद्यालयबाट बालबालिकालाई कोभिड विरुद्धको फाइजर खोप लगाइने भएको छ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले भोलिदेखि यही असार १०  गतेसम्म व्यास नगरपालिका भित्रका  १० हजार ३ सय ५० बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने जानकारी दिए।

नगरपालिकाले विभिन्न विद्यालय र सस्थाको भवनबाट भोलिदेखि पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको खोप ‘फाइजर बायोएनटेक’ लगाइने भएको हो ।

खोप लगाउन आउदा अनिवार्य रुपमा उमेरको परिचय खुल्ने परिचयपत्र लिएर आउन अनुरोध गरेको छ  ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?