नेपाल बन्द आह्वान गर्दै विप्लव नेकपाले दमौलीमा निकाल्यो राके जुलुस

दमौली : मंगलबार नेपाल बन्दको घोषणा गरेको नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले तनहुँ दमौलीमा राके जुलुस निकालेको छ ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले विप्लव नेतृत्वको नेकपासँग गरेको ३ बुँदे सहमति कार्यान्वयन नगरेर उल्टै आफ्ना नेता तथा कार्यकर्तालाई पक्राउ पूर्जी जारी गरेको, एमसीसी, महंगी र राष्ट्रघाती सन्धी सम्झौताविरुद्ध विप्लव नेतृत्वको नेकपासहितका चार दलले राके जुलुस निकालेको विप्लव नेतृत्वको नेकपाका तनहुँ जिल्ला सचिव राजु बिक ‘ एटम ‘ ले जानकारी दिए । ।

जसमा नेकपासँगै श्रषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादी रहेका छन् ।

तस्बिर : सुमन श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?