दमौली : नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दका कारण तनहुँको जनजीवन प्रभावित भएको छ ।
आह्वान गरेको बन्दका कारण तनहुँमा सार्वजनिक सवारीसाधन न्यूनमात्रामा चलेका छन् । सार्वजनिक सवारीसाधनलाई प्रहरीले स्कटिङ गर्दै आफ्नो गन्तब्यमा पठाईएको छ ।
निजी सवारी साधन भने सडकमा प्रशस्तै देखिन्छन् ।
बन्दका कारण दमौलीका विद्यालय, क्याम्पस, पसल बन्द छन् । बन्दका कारण जिल्लामा हालसम्म कुनै घटना नभएको प्रहरीले जनाएको छ ।
सडकमा बन्दकर्ताका खासै सहभागिता नभए पनि बन्दको प्रभाव परेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?