![](https://www.damaulionline.com/wp-content/uploads/2022/08/Untitled-2-Recovered-Recovered-Recovered-Recovered-Recovered-Recovered-Recovered-Recovered-Recovered-Recovered-Recovered-Recovered-Recovered-Recovered-58.jpg)
दमौली : नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् शुक्लागण्डकीको अध्यक्षमा तुलसीकुमारी श्रेष्ठ सर्वसम्मत चयन भएकी छिन् ।सोमबार बेलचौतरामा भएको महासंघको तेस्रो अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।
अधिवेशनले उपाध्यक्षमा कुलकुमार कुमाल, सचिवमा सुमन आले, कोषाध्यक्षमा कुलबहादुर भुजेल, सहसचिवमा सुरेन्द्रकुमार तामाङ चयन भएका छन् ।
त्यस्तै, सदस्यहरुमा बिर्सना श्रेष्ठ, पदम भुजेल, दोक बहादुर तामाङ, बिष्णुबहादुर राना, दिलमाया कुमाल र दिपक ज्वारचन चयन भए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?