नवलपुर : जबर्जस्तीकरणी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका अनभिनेता पल शाहको बुधबार तोकिएको पेशी स्थगित गरिएको छ । शाह विरूद्दकाे मुद्दा नवलपुर जिल्ला अदालतमा बुधबारका लागि सूचीको चौथो नम्बरमा तोकिएको पेशी स्थगित भएको हो ।
न्यायाधीश उमेश प्रसाद लुँइटेलको इजलासमा शाहको मुद्दा पेशीका लागि तोकिएको थियो । साथै शाहको तनहुँ जिल्ला अदालतले भदौ १५ गतेका लागि जबर्जस्ती करणीविरुद्धको मुद्दाको पेशी तोकेको छ ।
शाह यतिबेला बलात्कार अभियोगमा पुर्पक्षका लागि तनहुँ कारागारमा छन् । यसअघि थुनाबाटै मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग राख्दै शाहले उच्च अदालत पोखरामा निवेदन दिएका थिए । तर, अदालतले निवेदनलाई अस्वीकृत गरिदियो ।
गत फागुन १५ गते नाबालिकामाथि जबर्जस्ती करणी गरेको भन्दै शाहा पक्राउ परेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?