दमौली : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भूतपूर्व सैनिक संगठन तनहुँको अध्यक्षमा क्याप्टेन भोजबहादुर मल्ल ठकुरी चयन भएका छन् । बुधबार दमौलीमा भएको भेला एवं प्रथम अधिवेशनले ठकुरीको अध्यक्षतामा २१ कार्यसमिति चयन गरेको छ ।
उपाध्यक्षमा मिननाथ पन्थ, अमरबहादुर थापा, सचिवमा गुणविक्रम भण्डारी, कोषाध्यक्षमा रत्नबहादुर थापा चयन भएका छन् ।
त्यस्तै , सदस्यहरुमा तुल बहादुर गुरुङ, पूर्ण बहादुर भण्डारी, दान बहादुर आले, हर्कबहादुर सेन ठकुरी, बल बहादुर थापा, हस्त बहादुर भुजेल, तुलेन्द्र बहादुर सेन ठकुरी, मित्रलाल घिमिरे, रामबहादुर शाही, पहल बहादुर शाही, प्रकाश भुजेल, राम बोहोरा, युद्ध बहादुर थापा, ओम बहादुर थापा, पुन बहादुर थापा, कृष्ण बहादुर खड्का, हितमान कायस्थ, विन्दुध्वज अधिकारी र बद्री बजगाइँ चयन भएका छन् ।
प्रमुख संरक्षकमा अ.प्रा.सेनानी नरेन्द्रप्रताप महत चयन भएको छ । उक्त कार्यक्रममा नेपाली सेनाका पूर्व महासेनानी प्रकाशजंग कार्की, पूर्व प्रमुख सेनानी डिकबहादुर थापा, पार्टीका केन्द्रीय सदस्य गौकुमारी श्रेष्ठ, प्रदेश उपाध्यक्ष चन्द्रावती पन्थ, जिल्ला अध्यक्ष विनोद घर्ती लगायतको उपस्थित रहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?