तनहुँ १ मा पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल तथा अर्का केन्द्रीय सदस्य शंकर भण्डारी लगायतका नेताहरु उम्मेदवार बन्न इच्छुक रहेका छन् । भाद्र १४ सम्म परेका दावेदारीमध्ये क्षेत्रबाट जिल्ला हुँदै जिल्लाले प्रदेश र प्रदेशले संघसम्म उम्मेदवारीको सिफारिस गर्नेछ ।
दमौली : नेपाली कंग्रेस पार्टी क्षेत्रीय समितिले आह्वान गरेअनुसार कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले आइतबार तनहुँ क्षेत्र नम्बर १ का लागि दावेदारी गरेका छन् ।
पार्टीले प्रदेश तथा प्रतिनिधि सभा सदस्यको उम्मेदवारीका लागि दिएको भदौ १४ को समयसीमाको पहिलो दिन उम्मेदवारीका लागि भट्टराईले दावेदारी दिएका हुन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?