
दमौली : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) तनहुँको अध्यक्षमा श्रीराम कार्की चयन भएका छन् ।
कार्कीले आइतबार देखि अध्यक्षको जिम्मेवारी सम्हालेका हुन् ।
निवर्तमान अध्यक्ष शंकरनारायण श्रेष्ठले कार्कीलाई अध्यक्षको जिम्मेवारी सुम्पेका थिए । यसअघि कार्कीले एकीकृत समाजवादीको जिल्ला सचिवको जिम्मेवारी सम्हालेका थिए ।
अध्यक्षको जिम्मेवारी सुम्पेकोमा कार्कीले पार्टीका नेता तथा कार्यकर्तालाई धन्यवाद ज्ञापन गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?