दमौली : तनहुँको शुक्लागण्डकी नगरपालिकाले पनि तीजको अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले तीज पर्वको अवसरमा भदौ १४ गते मंगलवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
नगरप्रमुख कृष्णराज पण्डितले सोमवार एक सूचना जारी गर्दै उक्त दिन नगरपालिकाको कार्यालय, वडा कार्यालय, सबै विद्यालय र नगरपालिकाभित्र सञ्चालित बैङ्क तथा वित्तीय संस्थामा बिदा रहने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?