दमौली : नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले तनहुँ क्षेत्र नम्बर १ का लागि आवेदन दर्ता गरेका छन् ।
मंसिर ४ गते हुने निर्वाचनमा नेपाली कांग्रेसले आकांक्षीको आवेदन संकलन गरेकामा भण्डारीले सोमबार तनहुँ-१ का लागि आवेदन दर्ता गरेको हो ।
भण्डारीले कांग्रेसका जिल्ला सदस्य डम्बर अधिकारीमार्फत् क्षेत्रीय समितिमा उम्मेदवारी दर्ता गराएका हुन् ।
भण्डारीले आंकाक्षा राखेको क्षेत्रमा वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य गोविन्द भट्टराई, रामचन्द्र पोखरेलले पनि आवेदन दर्ता गराईसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?