प्रतिनिधिसभा निर्वाचनको समानुपातिक प्रणालीतर्फ भाग लिन ६८ वटा निवेदन

काठमाडौं :  प्रतिनिधिसभा सदस्यको निर्वाचनको लागि समानुपातिक प्रणालीतर्फ ६८ दलको निवेदन परेको छ।

आगामी मंसिर ४ गते हुने निर्वाचनमा भाग लिने ७६ वटा दलमध्येबाट प्रतिनिधि सभामा ६८ वटा निवेदन परेको निर्वाचन आयोगका सहायक प्रवक्ता उपयसचिव सूर्यप्रसाद अर्यालले जानकारी दिए।

 

प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश १मा ६३ दलबाट ५५ वटा निवेदन, मधेस प्रदेशमा ६७ वटा दलबाट ५९ वटा निवेदन र बागमती प्रदेशमा ६६ वटा दलबाट ५८ वटा निवेदन परेका छन्।

यस्तै गण्डकी प्रदेशमा ६० वटा दलबाट ५२ वटा निवेदन, लुम्बिनी प्रदेशमा ६२ वटा दलबाट ५४ वटा निवेदन, कर्णाली प्रदेशमा ५७ वटा दलबाट ४९ वटा निवेदन र सुदूरपश्चिम प्रदेश ५८ वटा दलबाट ५० वटा निवेदन परेको आयोगले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?