काठमाडौं : हाल देशभर मौसम सामान्यदेखि पूर्णतया बदली रही काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न स्थानमा वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेशका केही, प्रदेश १, मधेश, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको हो।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो मौसम देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
यस्तै राति मौसम देशभर आंशिकदेखि सामान्य बदली रहने बुलेटिनमा उल्लेख गरिएको छ। बुलेटिनअनुसार प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?