
दमौली : पृथ्वीराजमार्ग सडक खण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका– १२ घाँसीकुवामा बुधबार बिहान ट्रक पल्टिदाँ राजमार्ग अवरुद्व भएको छ ।
चितवनबाट चोकर बोकेर पोखरातर्फ जाँदै गरेको ग १ ख ६३८८ नम्बरको ट्रक सडकको बीच भागमै पल्टिएपछि राजमार्ग अवरुद्व भएको हो । ट्रक पल्टिएपछि मुख्य राजमार्ग अवरुद्ध हुँदा सडकमा सवारीसाधनको लाइन लागेको छ ।
पल्टिएको ट्रक उठाउने काम भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?