
दमौली : तनहुँ समाज हङकङले प्रदान गर्दै आएको युवा पत्रकारिता पुरस्कारबाट यसवर्ष प्रताप रानामगर र कृष्ण न्यौपानेलाई प्रदान गरेको छ । समाजले बुधबार आफ्नो स्थापना दिवसको अवसरमा आयोजित एक कार्यक्रममा उनीहरुलाई पुरस्कृत गरिएको हो ।
राना मगर कान्तिपुर टेलिभिजनका तनहुँ प्रतिनिधि र न्यौपाने खबरपुञ्ज डटकमका कार्यकारी सम्पादक एवं राष्ट्रिय समाचार समिति (रासस) प्रतिनिधि रहेका छन् ।
पत्रकारद्वय राना र न्यौपानेले समाजद्वारा गरिएको सामाजिक सेवाको समाचार सम्प्रेषण गरी योगदान पु¥याएकाले पुरस्कारका लागि छनोट गरिएको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?