दमौली : प्रथम मेयर कप ‘२०७९ ‘ फुटबल प्रतियोगिताको उपाधि नव क्लब हाइस्कुलटारले हात पारेको छ । व्यास नगरपालिका-३ विपी वनवाटिकाको खेल मैदानमा बुधबार भएको फाइनल खेलमा न्यु बुद्ध क्लव भानुलाई ३–० गोलले पराजित गर्दै मेयर कपको उपाधि जितेको हो ।
व्यास नगरपालिका-४ स्थित सितलचोक युवा क्लवद्धारा आयोजित प्रतियोगिताको उपाधिसँगै नव युवा क्लबले नगद २ लाख २ हजार २ सय २२ हात पारेको छ भने न्यु बुद्ध क्लवले १ लाख ११ हजार १ सय ११मा चित्त बुझायो ।
खेलमा नव युवा क्लबका फोफोना म्यान अफ दी म्याच घोषित भए। उनले नगद १ हजार प्राप्त गरेको छ ।
विभिन्न जिल्लाका ४२ टोलीको सहभागिता रहेको प्रतियोगितामा खेल अवधिभर ६ गोल गर्दै सर्वाधिक गोलकर्ता नव युवा क्लबका सन्तोष गुरुङ , उत्कृष्ट गोल किपर नव युवा क्लबकै अनुपम श्रेष्ठ घोषित भए।
सर्वोत्कृष्ट खेलाडी नव युवा क्लबका सन्दिप राना ठहरिए । उक्त प्रतियोगिताको विजेताहरुलाई नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले पुरस्कार प्रदान गरे।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?