नारायणगढ – मुग्लिन सडकको ठाउँठाउँमा पहिरो

चितवन : गए रातीदेखि परिरहेको अविरल वर्षाका कारण चितवन जिल्लाको नारायणगढ – मुग्लिन सडकखण्डको विभिन्न स्थानमा पहिरो गएको छ । प्राप्त जानकारी अनुसार चितवनको भरतपुर महानगरपालिका – २९ मा पर्ने १६ किलो , १८ किलो र केरावारीमा ठूलो पहिरो खसेको छ ।

केराबारीमा अहिलेसम्मकै ठूलो पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । बाटो खुलाउन कम्तिमा ६ घण्टा लाग्ने उनले बताए । सडक डिभिजनसँग समन्वय गरेर बाटो खुलाउने प्रयास भइरहेको उनको भनाइ छ ।

पहिरो खसेपछि भदौ १६ गते , बिहीबार ( आज ) बिहान करिब ०५ः५० बजेदेखि चितवनकाे नारायणगढ – मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध छ ।

१६ किलोमा सडक भासिएको स्थानीयले बताएका छन् । सवारी साधनहरुलाई मुग्लिन , कुरिनटार , जुगेडीमा रोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?