अग्रज नेतादेखि सबैको व्यवस्थापन हुनुपर्छ; केन्द्रीय सदस्य भण्डारी

दमौली : नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा अग्रज नेतादेखि सबैको व्यवस्थापन हुनुपर्ने बताएका छन् ।  नेपाली कांग्रेस व्यासनगर समितिले बुधवार आयोजना गरेको  चुनाव लक्षित ‘जनतासँग काङ्ग्रेस अभियान’ कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य भण्डारीले उक्त कुरा बताएका हुन् ।

चुनावमा पाँच दलबीच गठबन्धन हुने भएकाले पार्टी र गठबन्धनलाई विजयी गराउन इमानदार भएर लाग्नुपर्नेमा भण्डारीले जोड दिए । “पार्टीले आवश्यकता अनुसार निर्वाचन लड्न खटाउने छ ,जिल्ला बाहिर जान भन्यो पनि तयार हुनु पर्दछ केन्द्रीय सदस्य भण्डारीको भनाई थियो ।

उक्त कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोवाटे विश्वकर्मा,गण्डकी प्रदेश सभा सदस्य सारिता गुरुङ ,जिल्ला समन्वय तनहुँका प्रमुख शान्तिरमण वाग्ले , व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, पार्टीका पूर्व जिल्ला सभापति रघुनाथ पौडेल, जनतासँग कांग्रेस अभियानका व्यास नगरका संयोजक प्रा डा कृष्णप्रसाद गौतम लगायत नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष र वडा सदस्यहरुको उपस्थित रहेको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?