१८ किलोमा पहिरो : नारायणगढ–मुग्लिन सडक अवरुद्ध

चितवन : नारायणगढ–मुग्लिन सडक खण्डको १८ किलो भन्ने स्थानमा करिब ८ बजेको समयमा पहिरो खसेको छ । रातो माटोसहितको पहिरो खसेपछि सडक खण्ड दुईतर्फी नै अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

पहिरो पन्छाउन घटनास्थलमा लोडर पुगेको जिल्ला प्रहरी कार्यालयल चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।

यस वर्ष भरतपुर महानगरपालिका–२९ मा पर्ने केराबारी र १८ किलोमा धेरै पटक पहिरो खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?