कांग्रेस नामधारी पार्टीले मानिसहरूलाई भ्रम फैलाउने काम मात्र गरे; पूर्व मन्त्री जोशी

दमाैली : नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री एवं पूर्व गृहमन्त्री गोविन्दराज जोशीले कांग्रेस नामधारी पार्टीले मानिसहरूलाई भ्रम फैलाउने काम मात्र गरेको बताएका छन्  ।

उनको समुह अन्तर्गतको नेपाली काङ्ग्रेस स्वतन्त्र अभियान तनहुँले शुक्रबार दमौलीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै जोशीले उक्त कुरा बताएका हुन्  ।

हामी अहिले सम्म सहि बाटो हिडीरहेको बताउँदै जोशीले भने, “अहिलेको नामधारी नेपाली कांग्रेसले बिचलन बाटो  हिडे, सहि बाटोमा हिड्न   चाहन्छ भने हामी कहाँ आउने पर्ने हुन्छ  ।”

तनहुँ जस्तो जनजातिको बाहुल्यता भएको जिल्लाले पनि कांग्रेसद्वारा गठित  नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघमा सदस्यहरुहरु एक जना पनि नपर्नु दुख लाग्दो बिषय भएको बताए ।  कांग्रेस सिद्धान्त छाडेर सत्ताको पछि लागेको आरोप लगाउँदै जोशीले भने, ‘आगामी निर्वाचनमा पॉच दलीय गठबन्धन गर्ने भएका छन् , कांग्रेसको सिद्धान्त त्यहॉ अब हुदैन ।’

अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै जोशीले आफू चुनाव लड्ने भएकाले आजैदेखि तयारीमा लाग्न कार्यकर्तालाई आग्रह गरेका छन् । जोशीले मङ्सिर ४ गते हुने निर्वाचनमा तनहुँँ क्षेत्र नम्बर १ बाट चुनाव लड्ने उद्घोष यसअघि पनि गरेका थिए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?