दमाैली : नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशीको समूहले शुक्रबारबाट चुनावी अभियान सुरु गरेको छ ।
मंसीर ४ गतेको संघीय निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्ने घोषणा गरेका पूर्वमन्त्री जोशीले आज दमौली अन्तर्किया कार्यक्रम गरी सुरु गरेका हुन् ।
भोलि १८ गते मानेचौका, १९ गते डुम्रे बजारमा नेपाली काँग्रेसका अगुवा कार्यकर्तासँग भेटघाट एवं छलफल गर्ने बताएकाे छ ।
तनहुँ क्षेत्र नम्बर १ को तीन ठाउँलाई भेटघाट गर्ने कार्यक्रममा कार्यकर्तासँग राय, सुझाव तथा परामर्श संकलन गर्ने जोशीले बताएका छन् ।उक्त कार्यक्रममा विपी विचार समाजका केन्द्रीय सदस्य सुकुलाल गुरुङ, जिल्ला अध्यक्ष हरिशरण पण्डित लगायतले बोलेका थिए ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?