पूर्वमन्त्री शङ्कर भण्डारीलाई मातृशोक

दमौली :  पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीलाई मातृशोक परेको छ ।

लामो समयदेखि बिरामी उनकी आमा दययन्तीकुमारी भण्डारीको ९६ वर्षको उमेरमा उपचारकै क्रममा ग्राण्डी अस्पताल काठमाडौमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

स्व. भण्डारीका चार छोरा र एक छोरी छन् ।

उनको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?