अडमपानी टोल विकास संस्थाको अध्यक्षमा दरै

दमौली : तनहुँको नगरपालिका वडा न १ भादगाउँ स्थित अडमपानी टोल विकास संस्थाको अध्यक्षमा सुरेन्द्र दरै चयन भएका छन्।शनिवार भएको १३ औं साधारणसभा तथा ७ औं अधिवेशनबाट  दरै सर्वसम्मत चयन भएका हुन्।

यसैगरी उपाध्यक्षमा दीपा आचार्य र अनिल राना मगर, सचिवमा स्मृति बिक, कोषाध्यक्षमा देबी थापा, सह- सचिवमा भिमलाल बिक चयन भएका छन्।

सदस्स्यहरुमा नेत्र बहादुर सुनार, बिन्दु थापा, माया रानाभाट , तिल बहादुर थापा र पार्वती आले रहेका छन्।

व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरैले निर्वाचित पदाधिकारीलाई बधाई दिदै नगरपालिकाबाट टोल विकास सस्थाको लागि सक्दो सहयोग गर्ने बताए।

उक्त कार्यक्रमको संचालन नरेश बिकले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?