ओझा परिवारले जेष्ठ नागरिक आश्रमलाई छाता सहयोग

दमौली : तनहुँको व्यास नगरपालिका ५ स्थित  दिवाकालिन जेष्ठ नागरिक आश्रमलाई छाता प्रदान गरिएको छ ।

स्व.सौगात ओझाको पुण्य स्मृतिमा क्यानडा निवासी जगन्नाथ ओझा तथा उर्मिला ओझाले जेष्ठ नागरिकलाई छाता प्रदान गरेको हो ।स्व.बाबुका काका पुष्प ओझा र काकी शर्मिला ओझा तथा हरिशरण पण्डितद्धारा उक्त संस्थालाई  हस्तान्तरण गरिएको हुन्  ।

ओझा परिवारले ३२ थान करिब दश हजार वरावरको छाता प्रदान गरिएको दिवाकालिन जेष्ठ नागरिक आश्रमका कार्यबाहक अध्यक्ष विष्णु गौतमले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?