यस्तो छ आजको मौसम

काठमाडौं : हाल नेपालमा मनसुनको न्यून चापीय रेखा पूर्वतिर सरदर स्थान भन्दा केही उत्तरतर्फ रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश गण्डकी प्रदेशहरुमा आंशिक देखि सामान्य बदली रही  बाँकि प्रदेशहरुमा आंशिक बदली रहेको छ।

प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा समेत भइरहेको महाशाखाले जनाएको छ।

आज देशभर आंशिक देखि सामान्य बदली रहनेछ।

प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूको एक–दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?