दमौली : नेपाली कांग्रेस तनहुँ क्षेत्र नं १ को क्षेत्रीय कार्य समितिले क्षेत्र नं १ बाट वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य शंकर भण्डारी र अर्का केन्द्रीय सदस्य गोविन्द भट्टराई नाम सिफारिस गरेको छ ।
प्रत्यक्ष तर्फ उम्मेदवारी दर्ता गराएका रामचन्द्र पोखरेल ,मिरा जोशी र यमुना खड्का विकको नाम समानुपातिक तर्फ सिफारिस गरिएको छ ।
त्यस्तै प्रदेश सभातर्फ १(१) को प्रत्यक्ष तर्फ रघुनाथ पौडेल, लक्ष्मी प्रसाद आचार्य, डोबाटे विक, सरिता गुरुङ्ग, सहदेव अधिकारी, पूर्ण बहादुर गुरुङ्ग, दिपक भट्टराई, अशोक कुमार श्रेष्ठ, हरिदत्त पौडेल, शेख मोहमद हनिफ मियाँ, शंकर पौडेल रहेका छन् ।
त्यस्तै समानुपातिक तर्फ पवित्रा पौडेल, चिनु पोख्रेल, नारायणी अधिकारी, आशा थापा, विणा कैनी, कल्पना पोख्रेल, शुशिला शर्मा, सहिदा खातुन, सिता खनाल, श्याम कुमार मौराती, टेक बहादुर गुरुङ्ग, तारा प्रसाद श्रेष्ठ, समुन्द्र गोदार, उदयराज गौली, छत्रराज भण्डारी, ओजराज पौडेल, राज कुमार श्रेष्ठ, कृष्ण बहादुर रुचाल, अर्जुन बहादुर अधिकारी, प्रताप सिंह गुरुङ्ग, बृषराज श्रेष्ठ, कुलचन्द्र वाग्ले, महमद जबान दिन मियाँ रहेका छन् ।
त्यस्तै क्षेत्र नं. १ (२) समानुपातिक तर्फ पुष्पा देवी श्रेष्ठ, चिजा श्रेष्ठ, पवित्रा गौली, राधादेवी खनाल, विद्या खनाल, रेशम लाल गुरुङ्ग, केशबहादुर सुनार, अमृत वहादुर नेपाली, तम वहादुर दरै, वावुराम श्रेष्ठ, प्रेम बहादुर गुरुङ्ग रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?