संसद्को कार्यकाल थप्ने प्रक्रियाप्रति निर्वाचन आयोगको आपत्ति

काठमाडौं : निर्वाचन आयोगले सांसदको कार्यकाल निर्वाचनपछिसम्म हुने गरी संघीय संसदमा विधेयक पेस भएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

आयोगले  सोमबार एक विज्ञप्ति जारी गर्दै २०७४ मा हाल कायम रहेको प्रतिनिधि सभा तथा प्रदेश सभाको कार्यकाल सम्बन्धमा समेत व्यवस्था गरी सङ्घीय संसदमा विधेयक पेश भएको विषयमा ध्यानाकर्षण भएको जनाएको हो।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको कार्यकाल कहिलेदेखि प्रारम्भ हुन्छ भन्ने सम्बन्धमा स्पष्टता नभएको र प्रत्येक सदस्यको निर्वाचित मितिलाई आधार मानी गणना गर्दा फरकफरक मितिमा निर्वाचित भएको मान्नुपर्ने अवस्था देखिएको आयोगको विज्ञप्तिमा उल्लेख छ।

‘निर्वाचनका लागि उम्मेदवार मनोनयन हुने दिनदेखि नै सभामुख तथा उपसभामुख पदमा नरहने संवैधानिक व्यवस्था भएको सन्दर्भमा प्रतिनिधिसभा वा प्रदेशसभाका अन्य सदस्यहरु सोही पदको लागि हुने निर्वाचनका लागि मनोनयनपत्र पेस गर्ने मितिपछिसम्म कायम रहने गरी कानुन संशोधन गर्नु उपयुक्त देखिँदैन,’ आयोगको विज्ञप्तिमा उल्लेख छ।

हेर्नुहोस् : पूर्ण पाठ

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?