तनहुँबाट घर्ति सहित ३ जनाको नाम सिफारिस

दमौली : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तनहुँले  प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि जिल्ला अध्यक्ष विनोद घर्ति सहित ३ जना नेताहरूको नाम सिफारिस गरेको छ ।

भदौ १७ गते दमौलीमा बसेको पार्टीको जिल्ला कार्यसमितिको बैठकले घर्ति सहित नरेन्द्रप्रताप महत र प्रभात गिरीको नाम केन्द्रमा सिफारिस गरेको छ ।

तनहुँ-१ को लागि पार्टी घर्ती एकल सिफारिस भएका छन् ।

यस अघि जिल्लाका केहि स्थानीय तहका पार्टी कमिटीहरूले पनि उक्त पदका लागि उम्मेदवार सिफारिस गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?