आदिकविमा सदस्य चयनका लागि जारी मतदान गर्ने समय थपियो

दमौली : तनहुँको व्यास नगरपालिका -१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसमा सदस्य चयनका लागि आज विहान ९ बजेदेखि सुरु भएको मतदानको समय थप गरिएको छ ।

निर्वाचन समितिका अनुसार आज विहान ८ बजेदेखि निर्धारित मतदान गर्ने समय प्राबिधिक कारण झण्डै एक घण्टापछि मात्र सुरु भएकाले मतदानको समय थप गरिएको हो ।

निर्वाचनमा मतदाताको संख्या र हालसम्म खसेको मतको संख्यालाई मध्यनजर गरी दिउँसो ४  बजेसम्म मतदान गर्ने समय थप गरिएको निर्वाचन समितिका संयोजक त्रैलक्य वाग्लेले जानकारी दिए ।

खुल्लातर्फ सात सदस्य चयनका लागि मतदान गरिएको हो । खुल्लातर्फ १७ उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?