
दमौली : तनहुँको व्यास नगरपालिकाले नगरपालिका आँखा उपचार केन्द्र स्थापना भएको छ ।
बुधवार नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकले हिमालय आँखा अस्पतालको सहकार्य गरि नगरपालिकाको स्वास्थ्य केन्द्रमा आँखा उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको प्रवक्ता जीवन गुरुङले जनाकरी दिए ।
त्यस्तैगरी व्यास -१० स्थित मंगली गैह्रामा सरसफाई केन्द्र स्थापना गर्न जग्गा खरिद स्वीकृत प्रकृया अघि बढाउने निर्णय गरिएकोमा स्थानीयहरुको गुनासोका आधारमा सो जग्गा खरिद प्रकृया स्थगित गरि वैकल्पिक जग्गा खरिद प्रकृया अघि बढाउने निर्णय गरेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?