पोखरा महानगरले महेन्द्रपुलमा डोजर चल्यो

पोखरा : पोखराको महेन्द्रपुलमा पोखरा आर्ट ग्यालरी रहेको भवनसहित आसपासका सटरमा महानगरले डोजर चलाएको छ । नदीको किनारमा रहेका ती संरचना जीर्ण बनेको र दुर्घटना निम्त्याउन सक्ने भन्दै हटाउन लागेको मेयर धनराज आचार्यले बताएका छन् ।

उक्त संरचनाहरु पोखरा महानगरको आफ्नै जग्गामा निर्माण गरिएका थिए । महानगर त्यहाँका सटर हटाउन ३५ दिन अघि नै सुचना दिइसकेको थियो ।

उक्त स्थानमा अब खुला ठाउँ रहने तर पार्क वा के बनाउने भन्ने बारे विज्ञसँग राय लिएर अघि बढ्ने मेयर आचार्यको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?