दमौली : तनहुँको आँबुखैरेनी गाउँपालिकाले भूमिहिन र सुकम्वासीहरुको पहिचान, लगत संकलन पछि जग्गा वितरणका लागि स्थलगत रुपमा नापनक्साको काम भोली देखि सुरु गर्ने भएको छ ।
बिहिवार एक सूचना गर्दै भोलि शुक्रबार देखि स्थलगत नापनक्साको काम सुरु जनाएको हो ।गाउँपालिकाका अनुसार प्राविधिक कर्मचारीहरु नापनक्साका लागि स्थलगत रुपमै खटाईने जनाएको छ ।
भूमिहिन र सुकम्वासीहरुको पहिचान, लगत संकलनका लागि फिल्डमै आवश्यक कागजात लिएर आउन पालिकालेअनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?