उपभोक्ता समितिको लागि एक दिने अनुशिक्षण कार्यक्रम

म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिकामा आर्थिक वर्ष ०७९।८० मा संचालन हुने योजनाहरुको उपभोक्ता समितिको पदाधिकारीको लागि दिने अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । गाँउपालिकाको आयोजनामा म्याग्दे वडा नं १ को कार्यलयमा उपभोक्ता समितीलाई अनुशिक्षण कार्यक्रम दिईएको हो ।
म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले योजना छनौट हुने, विकास वजेट पर्ने तर समयमा उपभोक्ताले सम्झौता नगर्ने, सम्झौताको प्रक्रिया नपुग्ने र काममा ढिलाई हुने र काम नै नहुने अवस्थालाई चिर्नका लागी ०७९।०८० मा म्याग्दे गाँउपालिका वडा नं १ भित्र पर्ने उपभोक्ता समितीका पदाधिकारीलाई १ दिने अनुशिक्षण कार्यक्रम संचालन गरिएको वताए ।

प्रदेश, संघ तथा पालिका वजेट विनियोजन हुने तर उपभोक्ताले प्रक्रिया नजान्दा वजेट नै फ्रिज भएको छ । त्यसैले पनि वजेटको सहि सदुपयोग र उपभोक्तालाई सहजीकरणका लागी कार्यक्रम गरिएको अध्यक्ष श्रेष्ठले वताए ।

यसैगरि गाँउपालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले पुरानै पद्धतीमा योजनाका सम्झौता गर्दा विकास निर्माणमा वाधा पुगेको हुदाँ यो अनुशिक्षण कार्यक्रमले उपभोक्ता समितीलाई फलदायी हुने विश्वास व्यक्त गरे ।

अहिले १ नं वडाको १० वटा वडा समितीका उपभोक्ता समितिको पदाधिकारीलाई अनुशिक्षण कार्यक्रम गरिएको भएता पनि विस्तारै यो हरेक वडामा गरिने समेत उनले वताए ।

गाँउपालिकाका योजना शाखाका अधिकृत श्रीराम खनालले कार्यक्रममा उपभोक्ता समितीले गर्नुपर्ने कागजी प्रक्रिया र गर्नुपर्ने कामको दायित्ववोध गराएको वताए ।

वडा नं १ का वडाध्यक्ष मणिभद्र वाग्लेको अध्यक्षतमामा भएको सो कार्यक्रममा लेखा अधिकृत नवराज पोख्रेलले सहजीकरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?