डा.शेषरमण न्यौपानेबाट स्पष्टीकरण न्यौपानले आदिकवि भानुभक्त क्याम्पसको संचालक समितिको सदस्य पदमा बस्न चाहेको विषय समेतलाई लिएर दमौली बजारमा भैरहेको चर्चाको सम्वन्धमा स्पष्ट पार्ने कोशिस गरेका छन् । फेसबुकमा स्टाटस लेख्दै उनले आफ्नो राजनीतिक यात्रालाई सहयोग गर्न अपिल समेत गरेका छन् ।
———————–स्पष्टीकरण —————-
तनहुँबासी आदरणाीय दाजुभाइ दिदीबहिनीहरू,
मैले आदिकवि भानुभक्त क्याम्पसको संचालक समितिको सदस्य पदमा बस्न चाहेको विषय समेतलाई लिएर दमौली बजारमा भइरहेको चर्चाको सम्बन्धमा स्पष्टीकरण पेश गर्न चाहन्छु ।
मैले केही समय अगाडि सो क्याम्पसको गुरुयोजना तर्जुमा गर्ने कामको संयोजन गर्ने जिम्मेवारी पाएको थिएँ । त्यस क्रममा विद्यालय व्यवस्थापनमा सुधार गर्नु पर्ने धेरै विषयहरूको जानकारी भयो, जुन प्रतिवेदनमा पनि उल्लेख छ । शिक्षण सस्थालाई बेरोजगार उत्पादन गर्ने थलोको रूपमा नभई व्यावसयिक र व्यावहारिक शिक्षा तर्फ जाने प्रयासमा आउन सक्ने चुनौतीहरूको सामना गर्न मैले यो संस्थामा योगदान गर्न पर्छ भन्ने लाग्यो । त्यसका लागि संचालक समितिमा बसेर काम गरौं भन्ने इच्छा जाग्यो । मेरो शिक्षाप्रतिको लगाव देखेर चन्दादाता, अभिभावकहरूले यो जिम्मेवारी दिनु होला भन्ने पूर्ण विश्वासका साथ अगाडि पनि बढेको थिएँ, लहड वा कसैको उस्काहट होइन ।
शिक्षण संस्था जस्तो पवित्र सस्थामा निर्वाचनबाट संचालक समितिको चयन गर्ने अवस्था आयो । निर्वाचनको क्रममा सधै मलाई माया गर्ने दाजुभाईबाटै टिम बनेको, म त्यो टिमभन्दा बाहिर परेको भन्ने कुराको पनि कुनै अर्थ छैन र त्यसमा अब कुनै गुनासो छैन पनि । नि:स्वार्थ रूपमा सामाजिक सेवा गर्ने मेरो भावनामा यस पटकका लागि ठेस लाग्यो । यति हुँदाहुँदै पनि मलाई माया गरेर सम्मानजनक मत दिनुहुने सम्पूर्ण मतदाताहरूप्रति हार्दिक आभार प्रकट गर्दछु ।
म धेरै समय जिल्लाबाहिर बसेर काम गरें । पूर्णकालीन राजनीति र समाजसेवामा जाने सोचका साथ आफ्नो गाउँ ठाउँ फकें । काम गर्नका लागि कुनै पद आवश्यक ठानें, सबभन्दा पहिला पार्टीको नगर सभापति र पछि गएर जिल्ला उपसभापतिको कुरा गरें। आफ्नै साथीभाइका विरुद्ध निर्वाचनमा जान उपयुक्त ठानिनँ । स्थानीय र संसदीय निर्वाचनमा पार्टीभित्र आकांक्षा राख्दा मैले कुनै अपराध गरेजस्तो लाग्दैन । स्वतन्त्रताका लागि लडाई लडेका हामी, आफ्नो इच्छा जाहेर गर्न पनि डराउन पर्ने अवस्थामा पुगेछौं। यो हामी कसैले पनि चाहेको अवस्था किमार्थ होइन ।
वास्तविक अवस्थाको विचार नगरी डा. शेषरमणले जहाँ पनि दरखास्त हाल्छ भनेर मेरो राजनीतिक यात्रामा तेजोवध गर्ने गरी भइरहेको प्रचारप्रति दुःख व्यक्त गर्दछु । जसले ममाथि भरोसा गर्नु भएको छ, उहाँहरूको भरोसा टुट्न दिने छैनँ र निरन्तर सक्रिय रहनेछु । एक अर्काको खुट्टा तान्ने होइन, हात तान्ने गरौं ।













यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?