शुक्लागण्डकी नगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना हटाइने

दमौली : तनहुँको शुक्लागण्डकी नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन भएको छ ।

शुक्रबार ३५ दिने एक सुचना जारी गर्दै नगरपालिकाले सार्वजनिक जग्गा प्रयोग गरी सञ्चालन गरिएका व्यापार तथा व्यवसाय,  सडकको क्षेत्राधिकारभित्र सञ्चालन भए गरेका व्यवसाय, सार्वजनिक जग्गा, राजमार्ग तथा भित्री सडकहरु ओगटी गरिएका निर्माणजन्य कार्य र ठेलागाडा तथा घुम्ती सवारी साधन हटाउन निर्देशन दिएको हो ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा (२) मा सार्वजनिक ऐलानी र पर्ती जग्गा, सार्वजनिक भवन सम्पदा तथा भौतिक पुर्वाधारको संरक्षण र सुरक्षा सम्बन्धि कार्य नगरपालिकाको भनी स्पष्ट प्रावधान रहेको र सोही प्रावधानलाई टेकेर नगरपालिकाले ३५ दिने सुचना जारी गरेको नगरपालिकाले जनाएको छ ।

काठमाण्डौँ महानगरपालिकामा मेयर बालेन शाहले सुरु गरेको यो अभियानले देशभरि प्रभाव पार्न थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?