अछाम पहिरो अपडेट : १४ जनाको मृत्यु, ९ जना बेपत्ता, १३ जना घाइते

अछाममा लगातारको वर्षापछि गएको पहिरोमा परि १४ जनाको ज्यान गएको छ ।

कमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिकामा गएको पहिरोमा परेर उनीहरुको ज्यान गएको हो । ९ जना बेपत्ता छन् भने १३ जना घाइते भएको जिल्ला प्रशासन कार्यालय अछामले जानकारी दिएको छ ।

प्रशासनका अनुसार घाइतेहरुको उद्धारका लागि हेलिकप्टर मगाइएको छ र पहिरोमा परि घाइते भएका ६ जनालाई उद्धार गरेर जिल्ला अस्पताल अछाममा उपचार थालिएको बताइएको छ ।

उद्दारका लागि स्थानीय वासिन्दा सक्रिय भएपनि निरन्तरको वर्षाका कारण उद्दारमा कठिनाइ भइरहेको स्थानीय जानकारी दिएका छन् ।-

तस्बिर : सामाजिक सञ्जाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?