म्याग्दे-७ को नवनिर्मित कार्यलय भवनको उद्घाटन

दमौली : तनहुँको म्याग्दे गाँउपालिका वडा नं ७ को नवनिर्मित वडा कार्यलय भवन उद्घाटन भएको छ । म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले एक समारोहका वीच नव निर्मित वडा भवन को उद्घाटन गरेका हुन्  ।

यसैगरि पालिकका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले सधै जनताको काम गरेको र सधै गर्ने समेत वताए । पालिका भित्र अनियमितता र भष्ट्राचार हुन नदिने र जनताका विश्वास लाई धोका नदिने समेत वताए ।

उपभोक्ताहरु सक्षम र ईमान्दार हुने हो भने १०/१५ लाखको काम हामी आफैले गर्न सकिने समेत वताए ।   विगतमा हाम्रो देशले विदेशमा नेपालको उत्पादन वेचेर आर्थिक उपार्जन गरेको तर अहिले आउँदा देश पुर्ण परनिर्भर वनेको हुदाँ उत्पादनमा लाग्न समेत उनले आग्रह गरे ।

यसैगरि पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले राजनिती पार्टीहरुले आफनो गतिविधि वढाउदाँ पारदर्शी तरिकाले गर्नुपर्ने वताए । विकास निर्माणका योजना आवश्यकताका आधारमा ईमान्दारितका साथ गर्नुपर्ने वताए ।

७ न वडा कमिटीका अध्यक्ष वसन्त कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रशाशकिय अधिकृत नारायण प्रसाद अधिकारी, नेपाली काग्रेस म्याग्देका सभापति रामभक्त घिमिरे, माओवादी केन्द्रका वालकृष्ण श्रेष्ठ, समाजवादीका विष्णुकुमार श्रेष्ठ, वडा नं ७ का पुर्व वडाध्यक्ष पदमराज वाग्ले, वडाध्यक्षहरु लगायत उपस्थित रहेको थिए ।

करिव ४ रोपनी ६ आनामा वनेको वडा कार्यलयको भवनको कुल लागत ३९ लाख ४३ हजार ९ सय ९० रहेको र भवन निर्माण देउराली विल्डर्सले प्रा.लि. ले गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?