
दमौली : उपकार वचत तथा ऋण सहकारीको १२ औ साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष विष्णुकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले उद्घाटन गरेको थियो ।
अतिथि श्रेष्ठले सहकारीले कृषि र उत्पादनमा प्रोत्साहन दिनुपर्ने वताए। आम समुदायसँग प्रत्यक्ष जोडिएको सहकारी जनमैत्री हुनुपर्ने र सदस्यहरुको दिगो आर्थिक विकासमा टेवा पुरयाउने खालको हुनुपर्ने उनले वताए।
२०६७ सालमा स्थापना भई कार्यगर्दे आईरहेको सहकारीमा हालसम्म ३००० क्रियाशिल शेयर सदस्य र ३० करोड वरोवरको कारोवार गर्दे आएको संस्थाका अध्यक्ष विष्णुकुमार श्रेष्ठले वताए । सहकारीले समाजिक सेवामा पनि काम गर्दे आएको र भोलिका दिनमा पनि सवैको साथ र सहयोगले सहकारीलाई अगाडी वढाउने वताए ।
यसैगरि संस्थाको निवर्तमान अध्यक्ष रामभक्त घिमिरेले संस्थाको स्थापना कालदेखि आजसम्मका मिती सम्म आईपुग्दा सस्थाले खेलेको भुमिकाको वारेमा चर्चा गरेको थियो । स्थानिय स्तरमा जनसमुदायको व्यापक सहभागितमा संस्था स्थापना गरिएको र शेयर सदस्यको आर्थिक, समाजिक हैसियत उकास्नका लागी सहकारीले भुमिका खेल्नुपर्ने वताए ।
यसैगरि विशिष्ट अतिथी वालकृष्ण घिमिरेले सहकारीले सहकारीको मुल्य र मान्यता अनुरुप काम गर्नुपर्ने वताए ।
विजय घिमिरेले संचालन गर्नुभएको कार्यक्रममा कोषाध्यक्ष नरमाया आलेले आर्थिक प्रतिवेदन, दिपेन्द्र पण्डितले ऋण, अम्विका घिमिरेले शैक्षिक प्रतिवेदन पेश गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?