काठमाडौं : सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान अनुसार नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने बताएको छ ।
मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पत्रकारहरुसँग कुरा गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संविधानतः राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने बताए ।
प्रतिनिधिसभाले विधेयक प्रमाणीकरण गरेर पठाएको १५ दिनभित्र राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था छ । प्रतिनिधिसभाले प्रमाणीकरण गरेर विधेयक पठाएको मंगलबार १५ औं दिन हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?