राप्रपा तनहुँद्वारा ३१ सदस्यीय निर्वाचन परिचालन समिति गठन

दमौली : राष्ट्रिय प्रजातन्त्र पार्टी  (राप्रपा ) तनहुँले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरेर निर्वाचन परिचालन समिति गठन गरेको छ ।

शुक्रबार अध्यक्ष विनोद घर्तीको अध्यक्षतामा बसेको बैठकले तनहुँका दुईवटै क्षेत्रलाई समेटेर  ३१ सदस्यीय  परिचालन समिति गठन गरेको हो ।जिल्ला अध्यक्ष घर्तीले पार्टीका उम्मेदवारलाई विजयी गराउन सक्रिय भूमिका निर्वाह गर्न समिति सदस्यलाई निर्देशन दिएका छन् ।

‘यही २०७९ मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेशसभा को निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार हुनुभएका सम्पूर्ण उम्मेदवारहरूलाई विजयी गराउन महत्त्वपूर्ण तथा प्रभावकारी भूमिका निर्वाह गर्नुहुनेछ भन्ने विश्वासका साथ निर्वाचन परिचालन समितिमा मनोनीत गरेको छु,’ उनले भने ।

बैठकले शेरजंग अधिकारी, देव कुमार पिया, दीपक उपाध्याय , सुमन अधिकारी र सुरेन्द्र अधिकारीलाई जिल्ला सदस्यमा मनोनयन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?