
दमौली : तनहुँको व्यास नगरपालिका -५ कण्टार चापाघाट खानेपानीको अध्यक्षमा मानध्वज थापा चयन भएका छन्। कण्टार चापाघाट खानेपानी तथा सरसफाई उपभोक्ता समितिको २२ औ वार्षिक साधारण सभा एवं दशौ अधिवेशन वाट अध्यक्षमा सर्वसम्मत रुपमा थापा चयन भएका हुन् ।
त्यस्तैगरी उपाध्यक्षमा वेतवहादुर राना, सचिवमा सन्त कुमार श्रेष्ठ, कोषाध्यक्षमा सुरेन्द्र खनाल, सहसचिवमा सुमित्रा थापा चयन भएका छन् ।
सदस्यहरुमा पदम कुमार श्रेष्ठ, कल्पना शाही, डिलमाया थापा र रोशन खनाल चयन भएका छन् । लेखा समितीको संयोजकमा रविचन्द्र आचार्य सदस्यहरुमा संगिता गुरुङ्ग र शुशिल वाग्ले चयन भएका छन् ।
सुरक्षा समितिमा रामकुमार श्रेष्ठको संयोजकत्वमा नरवहादुर थापा, भद्र वहादुर शाही, खिम वहादुर आले, वम वहादुर सारु र वालकुमारी रानालाई चयन भएका छन् ।
व्यास–५, का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठ हिमालले उद्घाटन गर्दै विष्णुकुमार श्रेष्ठ हिमालले खानेपानी हरेक व्यक्तिको न्युनतम आवश्यकता भएको हुदाँ यसको व्यवस्थापन र शुद्धतामा ध्यान दिन आग्रह गरे । जीवनसँग जोडिएको विषयमा हामी सवै एकतावद्ध भई यसको व्यवस्थापनमा जोड दिए ।
संस्थाको निवर्तवान अध्यक्ष वलभद्र खनालले आफनो कार्यकालमा खानेपानीको विस्तार, यसको व्यवस्थान, टंकी निर्माण, मर्मत सम्भार र योजनामा सवैको सहयोगले सफल भएको वताए ।
कार्यक्रममा आदिकवि भानुभक्त क्याम्पसका अध्यक्ष वुद्धिमान श्रेष्ठ, लेखा संयोजक रविचन्द्र खनाल, सल्लाहकार श्रीभद्र खनाल, सुरक्षा समिती संयोजक पदम कुमार श्रेष्ठ लगायतले धारणा राखेको थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?