दमौली : तेस्रो व्यास युवा कप ‘२०७९ ‘को फुटबल प्रतियोगिताको उपाधि न्यु स्टार युनाइटेडले हात पारेको छ । व्यास नगरपालिका-३ विपी वनवाटिकाको खेल मैदानमा सोमवार भएको फाइनल खेलमा भिमाद युवा क्लबलाई २–१ गोलले पराजित गर्दै मेयर कपको उपाधि जितेको हो ।
व्यास नगरपालिका-४ स्थित व्यास युथ क्लवद्धारा आयोजित प्रतियोगिताको उपाधिसँगै न्यु स्टार युनाइटेड क्लबले नगद १ लाख ११ हजार १ सय ११ हात पारेको छ भने भिमाद युवा क्लबले नगद ५५ हजार ५ सय ५५ मा चित्त बुझायो ।
खेलमा न्यु स्टार युनाइटेडका अनुराज जिसी म्यान अफ दी म्याच घोषित भए। उनले नगद २ हजार प्राप्त गरेको छ ।
विभिन्न जिल्लाका ३२ टिमको सहभागिता रहेको प्रतियोगितामा खेल अवधिभर ४ गोल गर्दै सर्वाधिक गोलकर्ता न्यु स्टार युनाइटेड क्लबका अनुराज जिसी , उत्कृष्ट गोल किपर न्यु स्टार युनाइटेड क्लबका एञ्चन श्रेष्ठ र बेस्ट डिफेन्डर न्यु स्टार युनाइटेड क्लबकै उपेश थापा घोषित भए।
सर्वोत्कृष्ट खेलाडी भिमाद युवा क्लबका बिनोद घिमिरे ठहरिए । उक्त प्रतियोगिताको विजेताहरुलाई जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले पुरस्कार प्रदान गरे।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?