पूर्व गृहमन्त्री जोशीको चुनावी प्रचारप्रसार कार्यालय स्थापना

दमौली : तनहुँ १ बाट स्वतन्त्र उम्मेदवारी दिएका पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले चुनावी प्रचारप्रसार कार्यालय स्थापना गरेकाे छ । मंसिर ४ गते हुने निर्वाचनका लागि व्यास -२ स्थित बालमन्दिर लाइनमा बिहिवार चुनावी प्रचारप्रसार कार्यालय स्थापना गरिएकाे हाे ।

उक्त कार्यालयकाे पूर्व मन्त्री एवं प्रतिनिधिसभा सदस्य स्वतन्त्र उम्मेदवार गोविन्दा जोशीले उद्घाटन गर्दै राजनीतिक इमान्दार र विश्वमा चल्ने बताउँदै उनले जनताकाे विश्वासले निर्वाचन जित्ने बताए ।

तनहुँको विकासमा अहिलेसम्म पनि नभएको बताउँदै उनले विकास गर्न चाहेको जनाएको छ ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता परशुराम गिरी, सुकुम गुरुङ, कमलभक्त पोख्रेल, इन्द्र दरै, क्या. रेशम बहादुर गुरुङ लगायतले  बोलेको थियो । साथै उक्त कार्यक्रममा नेपाली कांग्रेस बिपीका उपसभापति एवं तनहुँ – २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्प पराजुली समेत उपस्थित रहेको थिए ।

तनहुँ –१ बाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा एमालेका केन्द्रीय सल्लाहकार सदस्य एकबहादुर राना, राप्रपाका जिल्ला अध्यक्ष विनोदकुमार घर्ती लगायत अन्य दलका उम्मेदवार चुनावी मैदानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?