दमौलीमा राष्ट्रिय महिला बास्केटबल प्रतियोगिताको रौनक (तस्बिर सहित)

दमौली : तनहुँको सदरमुकाम दमौली बजार आज खेलकुदले उत्सवमय बनेको थियो । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बिहीबारदेखि व्यास -१ निर्मल माविमा सुरु भएको राष्ट्रिय बास्केटबल  प्रतियोगितालाई स्थानीय आयोजक र समुदायले ‘खेल उत्सव’को रूपमा सञ्चालन गरेका थिए।

प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले उदघाटन गर्दै  खेलका पूर्वधार बनाउनेतर्फ स्थानीय सरकारको ध्यानाकर्षण गराएको बताए ।

प्रतियोगिताको हरेक खेललगत्तै तनहुँको संस्कृति झल्कने सांस्कृतिक र साङ्गीतिक प्रस्तुति राख्ने गरिएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

बिहीबार उद्घाटनका अवसरमा  सामूहिक नृत्य प्रस्तुत गरी स्वागत गरिएको कार्यक्रममा बाजा गाजा , मगर  समुदायको नागा–नागिनी नाच,  निर्मल माविका राष्ट्रिय सेवक दलले परेट प्रस्तुत गरिएको थियो ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेको अध्यक्षतामा आयोजित कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने,शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृ्ष्णराज पण्डित, सहायक प्रमुख जिल्ला अधिकारी काशिराम गैरे लगायतका वक्ता हरुले बोलेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?