दमौली : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला बास्केटबलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले स्वर्ण पदक जितेको छ ।दमौलीमा बुधबार भएको फाइनल खेलमा वाग्मती प्रदेश ४५-३० अन्तरले हराउँदै आर्मीले स्वर्ण पदक जितेको हो ।
याे संगै वाग्मती प्रदेशले रजत पदक हात पारेको छ ।
प्रतियोगिताकाे पहिलो र दाेस्राे चरणमा त्रिभुवन आर्मीले १०-८ र १४-७ काे अन्तर कायम गरेको थियाे । तेस्रो चरणमा भने वाग्मतीले उत्कृष्ट खेल प्रदर्शन गरि १२-८ काे अन्तर बनायो ।
अन्तिम चरणमा वाग्मतीकाे कमजोर खेल प्रदर्शनकाे फाइदा उठाउदै आर्मीले १३-३ काे फराकिलो अन्तर बनायाे । आर्मीकाे जितमा प्रतीक्षा मगरले ११ अंक जाेडेकी थिइन ।
सेमिफाइनल खेलमा वाग्मती प्रदेशले सुदुरपश्चिम प्रदेशलाई र आर्मीले गण्डकी प्रदेशलाई पराजित गर्दै फाइनलकाे यात्रा तय थियाे।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?