पुरुष ट्रिपल जम्पको स्वर्ण आर्मीका डिल्लीलाई

पोखरा : नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथ्लेटिक्सको पुरुष ट्रिपल जम्पमा त्रिभुवन आर्मी क्लबका डिल्ली खत्रीले स्वर्ण पदक जितेका छन् ।

पोखरा रंगशालमा बिहीबार बिहान १३.९५ मिटर जम्प गर्दै उनले स्वर्ण जितेका हुन् ।

नेपाल पुलिस क्लबका चन्द्रदेव जोशीले १३.५५ मिटर जम्प गरेर रजत जितेका छन् ।

यस्तै बागमती प्रदेशका सुदिप महतोले १३.४४ मिटर जम्प गरेर कांस्य पदक जिते ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?