गठबन्धनका कारण गाउँ-गाउँमा विकासको स्थिति बनेको छः रामचन्द्र पौडेल

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको व्यवस्था बदलिए पनि अवस्था नबदलिएको बताउँदै गठबन्धनका कारण गाउँ-गाउँमा विकासको स्थिति बनेको

अवस्था बदल्नका लागि सत्ता गठबन्धनलाई मतदान गर्न अपिल गरेका छन्।

सत्ता गठबन्धनले काठमाडौंमा आयोजना गरेको संयुक्त भेलालाई सम्बोधन गर्दै पौडेलले सो कुरा अपिल गरेका हुन्।

उनले सत्ता गठबन्धनले अहिले देशको प्रगति र सुशासनका लागि काम गरिरहेको दाबी गरे।

‘हामी यो दशेको प्रगतिका लागि सु–शासनका लागि लडेका छौं,’ पौडेलले भने, ‘देशलाई सुशासन दिएर मुलुकको प्रगति अघि बढाउने, नैतिक सामथ्र्य भएका मान्छेहरु यही पार्टीमा छन्।

आज देशलाई गाउँ गाउँमा विकास, देशभरी रोजगारी र गाउँ गाउँमा आम्दानीको स्थिति बनेको छ।’

उनले राज्यलाई रुपान्तरण गर्नपर्ने बेला भएको बताए।

तस्बिर : फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?