काठमाडौं : अन्तिम खेलमा शुक्रबार घरेलु टिम बंगलादेशलाई १–१ को बराबरीमा रोकेसँगै यू–१५ महिला साफ च्याम्पियनसिपको उपाधि नेपालले जितेको छ ।
ढाकामा सम्पन्न खेलको अन्तिम मिनेटमा घरेलु टिम बंगलादेशले पाएको पेनाल्टी नेपालकी गोलकिपर सुजता तामाङले बचाएपछि नेपालले उपाधि उचालेको हो ।
त्यसअघि नेपालले खेलको १४ औँ मिनेटमा सुशिला केसीले गरेको गोलबाट अग्रता बनाएको थियो । तर, ५४ औँ मिनेटमा रुमा अख्तरको गोलमा बंगलादेश खेलमा फर्किएको थियो ।
दोस्रो स्थानमा चित्त बुझाएको बंगलादेशले चार खेलबाट सात अंक जोड्यो । यस्तै, पुछारको भुटान भने अंकविहीन रह्यो ।
उपाधिसँगै नेपालकी गोलकिपर सुजाता प्रतियोगिताको सर्वोत्कृष्ट गोलकिपर घोषित भइन् । ‘फेयर प्ले अवार्ड’ बंगलादेशले जित्दा नौ गोलसहित बंगलादेशकै सौरभी अकान्डा प्रिति उच्च गोलकर्ता बनिन् । सौरभी नै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिइन् ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?