प्रशासनद्वारा मदिरा विक्री वितरण तथा सेवनमा रोक

दमौली : जिल्ला प्रशासन कार्यालय  तनहुँले मदिरा विक्री वितरण तथा सेवन गर्न निषेध गरेको छ ।

आगामी मंसीर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै मंसिर १  गते रति १२:०० बजे देखी अन्तिम  मत परिणाम सार्वजनिक नहुन्जेल सम्म जिल्लाभर मदिरा विक्री वितरण तथा सेवन गर्न निषेध गरेको हो ।

निर्वाचनलाई सभ्य-भव्य, भयरहित र निष्पक्ष रूपमा सू-सम्पन्न गर्न मदिरा विक्री वितरण,तथा सेवन गर्न पुर्णरुपमा निषेध गरिएको सहायक प्रमुख जिल्ला अधिकारीले एक सूचनामार्फत जानकारी गराएको छ ।

सूचना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?