
पाकिस्तानसँगकाे मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएकाे छ । आज बुधवार दशरथ रङ्गशालामा भएकाे खेलमा नेपाल १-० ले विजयी भएको हो ।
नेपालकाे जितमा अञ्जन विष्टले गाेल गरे । उनले खेलकाे ८३ औँ मिनेटमा गाेल गरे ।
विश्व फुटबल महासङ्घ (फिफा) ले तीन वर्षसम्म प्रतिबन्ध लगाएर फुकुवा गरेपछि पाकिस्तानले पहिलो अन्तर्राष्ट्रिय खेलको रूपमा नेपालसँग खेलेकाे हाे ।
याेसँगै नेपाल र पाकिस्तानबीच अहिलेसम्म १८ वटा खेल भएकाे छ । जसमा पाकिस्तानले सात र नेपालले छ खेल जित्दा पाँच खेल बराबरीमा टुङ्गिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?